काठमाडौं : ललितपुर महानगरपालिकाले भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकेको छ। शुक्रबार जिल्ला खोप समन्वय तथा अनुगमन समितिले गरेको निर्णय अनुसार चैत २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकाहरुलाई जेठ ६ गते लगाइने भएको छ।
चैत २९ देखि ३१ सम्म पहिलो डोज लिएकालाई जेठ ७ मा लगाइने छ। वैशाख १ देखि ४ मा पहिलो डोज लिएकालाई जेठ ९ गते, वैशाख ५ देखि ९ मा पहिलो डोज लगाएकालार्ई जेठ १०, वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लिएका जेठ ११, वैशाख १४ मा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई जेठ १३ मा दोस्रो डोज लगाइने छ।
खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र अनिवार्य रुपमा लिएर जानुपर्नेछ। खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ।






