Home / Nepal / News / मोटरसाइकलले ठक्कर दिएर फरार भएका सर्लाहीका वडाअध्यक्ष फक्राउ

मोटरसाइकलले ठक्कर दिएर फरार भएका सर्लाहीका वडाअध्यक्ष फक्राउ

सर्लाही : मोटरसाइकलले ठक्कर दिएर ज्यानगएको आरोपमा सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्।

उनले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले वैशाख २५ गते एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो। त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखका अनुसार बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो।

पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकले बताए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *