Home / Nepal / News / दुई भारतीयसहित ३३ कैदीबन्दी छाडिए

दुई भारतीयसहित ३३ कैदीबन्दी छाडिए


वीरगन्‍ज । मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगन्‍ज कारागारले दुई भारतीयसहित ३३ कैदीबन्दीलाई छाडेको छ ।

सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्‍न बाँकी रहेका कैदीबन्दीले दिनको तीन सय रुपैयाँ जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए ।

बाँकी पाँच कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा छन् ।

छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचबिखनलगायत मुद्दामा सजाय काटिरहेका रहेको बताइएको छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *