Home / Nepal / News / भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण

भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण

मुम्बई । भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ । 

१२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । 

सोमबार भारतमा ७०४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *