Home / Nepal / News / पार्टी एक ढिक्का भएर अघि बढ्छ : प्रचण्ड

पार्टी एक ढिक्का भएर अघि बढ्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा फुटको अवस्थामा नरहेको बताएका छन् ।

चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो ,” उनले भने, “स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएकै हो ।

अहिले पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन ।

मिलेरै नक्सा बनाएको हो । मिलेरै काम गरेको हो । सरकारलाई सबैले धन्यवाद दिएकै छन् ।

अहिल पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन ।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *