एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले आइतबार ट्विट गर्दै आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ भएको जानकारी दिएका छन् ।
एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पाजेटिभ भएको बताएका छन् ।
साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् ।
अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।






