Home / Politics / “सरकारले मेलम्चीको पानी ल्यायो। रेल ल्यायो। सुरुङ युग प्रारम्भ गर्‍यो। उधुमै गर्न लाग्यो भनेर हटाउन परेको छ,” – केपी ओली

“सरकारले मेलम्चीको पानी ल्यायो। रेल ल्यायो। सुरुङ युग प्रारम्भ गर्‍यो। उधुमै गर्न लाग्यो भनेर हटाउन परेको छ,” – केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्षतर्फ ११६ सिट जित्दा पनि नेकपाका केही नेता भत्काउन हिँडेको बताएका छन्।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई शनिबार मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याएर बटम खोल्दै नेपाली कांग्रेसलाई सरकारको नेतृत्व बुझाउन हिँडेको भन्दै त्यस्ताहरूलाई सरकारले ठेगान लगाउने बताए।

मेलम्ची खोलाको पानी वाग्मती खोलामा झार्दै उनले सरकारले उधुम गर्न थालेकाले प्रचण्ड–नेपाल समूहलाई छटपटी भएको बताए। उनीहरु हल बाँधेर कांग्रेसकहाँ निवेदन हाल्न पुगेको आरोप पनि ओलीले लगाए। “सरकारले मेलम्चीको पानी ल्यायो। रेल ल्यायो। सुरुङ युग प्रारम्भ गर्‍यो। उधुमै गर्न लाग्यो भनेर हटाउन परेको छ,” उनले कार्यक्रममा भने।

उनले सुन्दरीजलमा लड्डु वितरण नगरिएकाले घरघरमा गएर खान र सँगै दीपावली गर्न भन्दै अन्तिममा पनि कटाक्ष गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *