डिम्याट खाता सेवा प्रदायक कम्पनीहरुले असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज गर्ने भएका छन।
निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे स्वत फ्रीज हुने सुचना मार्फत जानकारी दिइएको हो। वार्षिक १ सय रुपैयाँ शुल्क लाग्ने डिम्याट शुल्क अनलाइनबाट भुक्तानी गरेर पनि खाता नवीकरण गर्न सकिन्छ।
आइएमई पे, इसेवा, कनेक्ट आइपिएस वा ई बैंकिङसेवामार्फत नवीकरण शुल्क बुझाउन सकिने र अन्यथा सिस्टमबाटै हितग्राहीको डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ। साथै मेरो सेयरको पनि वार्षिक शुल्क बुझाउन कम्पनीले आग्रह गरेको छ।






