काठमाडौँ : यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने निर्णय गरेका छन।
असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय पुर्बाग्रही भएको भन्दै सच्याउन आग्रह गर्दै उनीहरुले
सरकारले जोरविजोर प्रणलीमार्फत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय अव्यवहारिक भन्दै तत्काल सच्याउन अनुरोध गरेका छन।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन ।








