Home / Nepal / टेलिमकले दियो एसईईका विद्यार्थीलाई निःशुल्क सिम

टेलिमकले दियो एसईईका विद्यार्थीलाई निःशुल्क सिम

काठमाडौं : नेपाल टेलिकमले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था समेत गरिएको जनाइएको छ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । उक्त सिम टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरू नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ ।

यो अफर भएको नयाँ सिममा रिचार्जमा बोनस पनि उपलब्ध हुने जनाइएको छ । यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने जनाइएको छ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसबापत् यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *