Home / Nepal / नौ लाख ९३ हजार रुपैयाँ नक्कलि नोटसहित तीन जना पक्राउ

नौ लाख ९३ हजार रुपैयाँ नक्कलि नोटसहित तीन जना पक्राउ

रौतहट : ईशनाथ नगरपालिका,४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कलि नोटसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवास नगरपालिका, ९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो धनुषा बट्टेश्वर गाउँपालिका,४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, र महोत्तरी भङ्गाह नगरपालिका, ४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन्।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई नेपाली रुपैयाँ १ हजार दरको उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *