Home / Nepal / News / कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । 

कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्था छ । 

आइतबार बिहानसम्म अमेरिकामा सबैभन्दा धेरै २० हजार ५७७ जनाको ज्यान गएको छ ।

इटलीमा भन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको छ ।

इटलीमा १९ हजार ४६८ को ज्यान गएको छ भने स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ बेलायतमा ९ हजार ८७५ जनाको ज्यान गइसकेको छ । 

पछिल्लो २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमितको पहिचान भएको छ । जसमा अमेरिकामा मात्रै ३० हजार कोरोनाका संक्रमित थपिएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *