Home / Nepal / News / कोरोनाले सबैभन्दा धेरै अमेरिकामा साढे २० हजारको मृत्यु

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा साढे २० हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट सबैभन्दा धेरै अमेरिकामा ज्यान गएको छ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनको संख्या २० हजार नाघेको छ ।

आइतबार बिहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण २० हजार ५७७ जनाले ज्यान गुमाइसकेका छन् । 

विश्वभर १ लाख ८ हजार ७७० ले कोरोनाका कारण ज्यान गुमाउँदा अमेरिकामा मात्रै साढे २० हजारको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कोरोनाका कारण १ हजार ८३० जनाले ज्यान गुमाउनु परेको तथ्यांक छ । 

अमेरिकामा ५ लाख ३२ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिसकेको छ । ४ लाख ८१ हजार कोरोना संक्रमितले अमेरिकामा उपचार गराइरहेका छन् । यसमध्ये ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *