काठमाडौं: बिगत २४ घन्टामा देशभरीमा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ जना रहेका छन।
यसैगरी देश्भरीमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ जना पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४३० जना रहेको स्वास्थ मन्त्रालयले पुस्टी गरेको छ।





