Home / Politics / ओली ‘फोबिया’का कारण वर्तमान सरकार विस्तार हुन सकेन – खिमलाल भट्टराई

ओली ‘फोबिया’का कारण वर्तमान सरकार विस्तार हुन सकेन – खिमलाल भट्टराई

काठमाडौं : राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली ‘फोबिया’का कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरेका छन्।

सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उनकै वरिपरि घुमेको दाबी गरे । सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन नसक्नुमा ओलीकै ‘फोबिया’ भएको बताए।

“केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर बालकोट जानुभएको छ। तरपनि राजनीति चाहिँ उहाँकै वरिपरि घुमेजस्तो हामी देख्छौँ। सदनमा आउँदापनि उहाँकै चर्चा हुन्छ। सदनमा कतिपय सत्तापक्षका माननीयहरूले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ। आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडि पनि केपी ओलीकै ‘फोबिया’ छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *