Home / Society / प्रधानमन्त्री ओली हेलम्बुमा मेलम्ची सुरुङको हवाइ निरिक्षण गर्ने

प्रधानमन्त्री ओली हेलम्बुमा मेलम्ची सुरुङको हवाइ निरिक्षण गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।  

प्रधानमन्त्री ओली  आज हेलिकप्टरबाट हेलम्बु क्षेत्रमा पुगेका हुन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशेबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन्। मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *