पछिल्लो २४ घण्टामा देश भरीमा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै देशभरीमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ
यसै गरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५ हजार ६ सय ९९ छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ९९ हजार २४ पुगेको मन्त्रालय ले जनाएको छ।
यस्तै २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ भने देशभरीमा हालसम्म कोरोनाबाट १ हजार ३ सय २१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।






