काठमाडौं : गायिका सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’ सार्वजनिक भएको छ।
सुनिता दुलालको स्वरमा रहेको गीत `परदेशी छोरी´मा शब्द रचना ज्योती गुरुङको रहेको छ भने संगीत सुरज लामिछानेको ले भरेका छन्। यश भिडियोलाई कुशल श्रेष्ठले निर्देश गरेका छन्।
परदेशिएकी छोरीले तिजको समय घर सम्झिएर नोस्टाल्जिक भएको प्रसंग गीतमा समेटिएको छ। चाहेर पनि परदेशिएका छोरी घर फर्किन नसेकेको भाव समेटेको गीतले अर्को सालको प्रतिक्षा रहेको कथा भन्छ ।






