जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आज बिहान एक थुनुवाले ‘आत्महत्या’ गरेका छन्। थुनुवाकक्षको शौचालयमा आत्महत्या गरेको बताइएको छ।
धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको जानकारी दिए। उनी केही दिनअगाडि घरायसी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।
एसपी भाटका अनुसार रविदास आफूले लगाउने गन्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुन्डिएका थिए। घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।






