बुटवल- प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो। प्रस्तावको विपक्षमा १३ परेको छ।






