Home / Nepal / News / ललितपुरमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

काठमाडौं : ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप ४५ वर्षमाथिका नागरिकलाई लगाइने भएको छ।

कोरोना विरुद्धको भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुरका २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ। ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन्।

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ। यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *