काठमाडौं : पछिल्लो २४ घण्टामा देशाभरीमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको ।छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोनामुक्त भएर घर फर्केका छन भने संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।
यस्तै गरी पछिल्लो २४ घन्टामा ३४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
So far, 8,675 people have died due to coronary infection in the country and about 650,000 people have been infected






