Home / Society / पछिल्लो ५ दिनमा बाढी पहिरोले १६ जनाको मृत्यु २२ जना अझै सम्पर्क बिहिन

पछिल्लो ५ दिनमा बाढी पहिरोले १६ जनाको मृत्यु २२ जना अझै सम्पर्क बिहिन

काठमाडौं- पछिल्लो ५ दिनमा भएको लगातारको वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको र अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएको गृह मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुशार मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ तथा सप्तरी , काभ्रे , गोरखा , जुम्ला , अर्घाखाँची , पाल्पा , कास्की , कालीकोट , प्युठान र बाजुरामा १/१ जना रहेका छन ।

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । जस मध्ये १० पुरुष , ४ महिला र २ बालिका रहेका छन् ।

बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् भने बाजुरा र रुपन्देहीमा १/१ जना बेपत्ता भएका छन। बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९ ४ र सल्यानबाट ८ जना गरी १०२ जनाको उद्दार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै , यार्सा टिप्न गएका मनाङका ७० जनाको पनि शुक्रबार नै उद्दार गरिएको मन्त्रालयले जनाएको छ। बाढीपहिरोका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *