२०६४ चैत २७ गते रौतहट राजपुरमा बम विस्फोट पछि इटा भट्टामा जिउँदै मान्छे जलाउने कार्यमा संलग्न थप एक अभियुक्त पक्राउ परेका छन।
२ नम्बर प्रदेश प्रहरी कार्यालयले इटाभट्टाका तत्कालिन मुख्य मिस्त्रीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय बद्री सहनी रहेका छन।
सहनीलाइ नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका- ७ बड़की बंकुल एरियाबाट पक्राउ गरीएको हो। उनको पक्राउ पछि उनले घटनामा आफ्नो सम्लगनता स्वीकार गरिसकेका छन।






