Home / Nepal / News / अत्यावश्यक काम बाहेक काठमाडौ उपत्यका नआउन सरकारको आग्रह

अत्यावश्यक काम बाहेक काठमाडौ उपत्यका नआउन सरकारको आग्रह

काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सरकारले सकेसम्म काठमाडौैं नआउन आग्रह गरेको छ। नियमित प्रेस ब्रीफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेकाले सकभर काठमाडौं नआउनु हुन र आउनै पर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु फलो गरेर मात्रै आउनु हुन अनुरोध गरेका हुन्।

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्याकामा मात्रै १ हजार १७७ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ कोरोना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *