Home / Politics / प्रदेशको राजधानी दाङ सार्ने निर्णयको रुपन्देही ब्यापार संघको भत्सर्ना-

प्रदेशको राजधानी दाङ सार्ने निर्णयको रुपन्देही ब्यापार संघको भत्सर्ना-

बुटवल- रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेकोप्रति रुपन्देही व्यापार संघले भत्सर्ना गरेको छ।

संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ।

प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राजधानीलाई स्थायी बनाउने प्रक्रिया थाल्नुको सट्टा दाङ लैजाने प्रस्ताव गर्नु यस क्षेत्रलाई अखण्ड राख्न गरेको आन्दोलन र माग विपरीत रहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल सो प्रस्ताव फिर्ता गर्न भनिएको छ।

रुपन्देहीबाट राजधानी सार्ने निर्णयको विपक्षमा उभिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसद, व्यवसायीक संघसंस्था र सर्वसाधारणलाई संघले अनुरोधसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *