Home / Nepal / News / संखुवासभा सदरमुकाम खाँदबारीबाट १५ लाखभन्दा बढी मुल्यका आइसोलेसन सामाग्री चोरी

संखुवासभा सदरमुकाम खाँदबारीबाट १५ लाखभन्दा बढी मुल्यका आइसोलेसन सामाग्री चोरी

संखुवासभा: संखुवासभाको सदरमुकाम खाँदबारी वडा नम्बर- ७ स्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनका स्वास्थ्य सामग्री चोरी भएका छन्।


करिब १५ लाख बराबरको आईसोलेसनको प्रयोगका लागि राखिएका सामाग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ।

बिहीबार राति ढोका फोडेर ७० थान पीपीई सेट , प्यासेन्ट मनिटर , सक्सन मेसिन , अक्सिजन मेसिन , अक्सिजन डिभाइडरलगायतका सामग्री चोरिएका हुन।

सोमबार धर्मदेवी नगरपालिका -४ पिलुवाखोलामा क्वारेनटाइनमा रहेका ३४ वर्षीय पुरुष , चैनपुरका २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको थियो।


उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने विपद् व्यवस्थापनको निर्णयपछि स्थानीयले विरोध गरेका र त्यस लगत्तै तोडफोड हुनुले तोडफोडमा स्थानीय बासिकै सम्लग्नता थियो कि भन्ने आसङ्का जन्माएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *