काठमाडौं- सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए।
यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो। तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो। त्यसको दुई दिनघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो।
त्यस्तै विद्यालय कलेज लगायतका शैक्षिक सस्थाहरुपनी भदौ मसान्तसम्म बन्द रहेने निर्णय भएको उहाले जानकारी दिनु भयो।





