काठमाडौं । नेपालमा हालसम्म २० हजार ८२२ जना नोभेल कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको संख्या २० हजार ८२२ पुगेको जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितमध्ये निको हुनेको दर ५४ प्रतिशत रहेको उनले बताए ।
नेपालमा १७ हजार ५८१ अथार्त ( ४५ .४३ प्रतिशत) सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।
उनका अनुसार विश्वमा कोरोना निको हुनेको संख्या एक करोड ७५ लाख ८ हजार ७१४ पुगेको छ ।





