तुल्सीराम भुसाल, कृषि विद्यार्थी
Scientific Name( Latin Name): Paris polyphylla sm.)
Family: Liliaceae
सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो ।
- यसको पात बाँकोको जस्तै हुन्छ । यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले बिरामी छिटै निको हुन्छ ।
- पेट दुखेमा सतुवाको सेबनले छिटो निको हुन्छ, पाकेको घाउमा सतुवाको जरा घोटेर लगाएमा छिटो निको हुन्छ ।
- विषालु सर्पले टोकेमा सतुवा घोटेर लगाइदेमा पनि छिटो निको हुन्छ ।
- अन्य धेरै किसिमका रोगहरु निर्मुल पार्न प्रयोग गरिने एक महत्त्वपूर्ण जडिबुटी हो।
खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै पाउन सकिन्छ । यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ सतुवा खेतिका लागि चिस्यान, ओसेपिलो र मलिलो माटो भएको भूगोलमा उपयुक्त हुन्छ।
यो विरुवा सामान्यतया १/२(०.५)मिटर अग्लो हुन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यस विरुवाको सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन्।

प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्। पातको टुप्पो चोसो परेको हुन्छ। विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ।
फूलका तरेलीहरू पहेंलो र हरियो रङ्गको हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन्।
विशेष गरि यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो। यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ।
साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। उत्त काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ। यो काण्डबाट लामा लामा जराहरु पनि निस्केको देख्न हुन्छ्न।
सतुवा एक वर्षे विरुवा हो जुन वर्षयाममा हुर्कन्छ अनि हिउदयाम सुरुवात सङौ यो बिरुवा पनि मर्न थाल्छ।
यो बिरुवा रोपेको एक वर्ष विराएर खन्दा राम्रो हुने भएकाले वर्ष बिरायर निकाल्दा राम्रो मानिन्छ ।
आजको युग बिज्ञान तथा प्रबिधि को युग हो। यो आर्युबेदिक तथा अहिलेको मेडिकल साइन्समा पनि अत्यन्त महत्व पूर्ण र उपयोगी औषधिय विरुवा हो ।
यसको विश्वमा ठूलो माग सङौ महत्वपनि एकदमै बढी छ । यस्ता वनस्पतिको खेति गर्न सके कृषि क्षेत्रमा क्रान्ति स्थापना हुने बिकास र समृद्धि को ढोका खुल्ने कृषक तथा देशको लागि अत्यन्त लाभ पुग्न सक्दछ ।
हाल सतुवाको बजार मूल्य ९ देखि १० हजार रुपैंयामा बिक्री भैरहेको छ भने यसको मूख्य बजार चीन हो ।






