मुम्बई : गायिका नेहा कक्कड फोर्ब्सको सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छिन्। सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको सूचीको पहिलो स्थानमा उनी पर्न सफल भएकी हुन्।
फोर्ब्सको यो सूचीमा १२ जना भारतीय मात्रै पर्न सफल भएका छन्। जसमा अमिताभ बच्चन, शाहरुख खानजस्ता चर्चित हस्तीहरुलाई उछिन्दै नेहा पहिलो स्थानमा आएकी हुन्।
उनले सामाजिक सन्जालमार्फत लेखेकी छिन्, “स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।”






