काठमाडौं : महानगरीय ट्राफिक महाशाखाले चोरी भएका मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ। एक वर्षअघि चोरी भएका दुई मोटरसाइकलसहित चार जनालाई नम्बरप्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा पक्राउ गरेको हो।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार गत वर्षको जेठ र माघमा हराएको बा.९६प ५४९४ र बा.९४प ४४६९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६, क्यानखोलाका २१ वर्षीय प्रकाश तामाङ, सिन्धुलीकै तीनपाटन गाउँपालिका ५, भीमस्थानका ३२ वर्षीय अम्मर तामाङ र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ८ का २० वर्षीय सुरेश तामाङ तथा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ का ३३ वर्षीय भोला थापा छन्।






