रुकुम पश्चिम : रुकुम पश्चिममा लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सानो भेरी गाउँपालिका ३, गरेला गाउँपालिका ६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी रहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ केजी ७ सय ग्राम अफिमसहित पक्राउ गरेको हो।






