Home / Nepal / News / धनुषामा बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ

धनुषामा बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ

जनकपुरधाम : धनुषामा बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक वृद्ध रहेका छन्। ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

धनुषाधाम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले घटना पुरानो भएपनि बाहिर अहिले आएको बताए। उनले मौखिक उजुरीको अधारमा पक्राउ गरेको जानकारी दिए।

बालिकाको परिवारले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ । बालिका घाँस काट्न गएको बेला उनले ललाइफकाइ बलात्कार गरेको आरोप लागेको छ । ती वृद्धमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइहेको छ ।

पक्राउ परेका वृद्ध इलाका प्रहरी कार्यालय धनुषाधामको हिरासतमा छ । करिब दुई सातापछि घटनाबाहिर आएकाले मेडिकल रिर्पाटबाट बलात्कार पुष्टि हुन नसक्ने जानकारहरूको भनाइ छ ।

तर, स्थानीय युवकले पक्राउ परेका वृद्धले जबर्जस्ती करणी गरेको भिडियो मोबाइलमा कैद गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *