कोपा अमेरिका अन्तर्गत समुह चरणको खेलमा गएराति अर्जेन्टिना र चिलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन। खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीको फ्रि किकले अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो ।
पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफको ५७ औं मिनेटमा एडुआर्डो भार्गासले गोल गर्दै अर्जेन्टिना लाइ अंक बाढ्न बाध्य पारेको थियो।
यसै गरी समुह चरणकै अर्को खेलमा पाराग्वेले बोलिभीया माथी ३-१ को जित निकालेको थियो।






