मुम्बई : बलिउड चर्चित अभिनेत्री तथा व्यवसायी शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रा जमानतमा रिहा भएका छन्। अश्लील भिडियो निर्माण र प्रसारणको मुद्दामा दुई महिनादेखि अर्थर रोड जेलमा रहेका उनी मंगलबार जमानतमा रिहा भएका हुन्।
शिल्पाका श्रीमान राज कुन्द्रालाई ५० हजार रुपैयाँ धरौटी र केही शर्तहरूसहित जमानत दिइएको हो । उनको जेलबाट बाहिर निस्कनले क्रममा आँखामा आँसु थियो ।
श्रीमान रिहा भएपछि यता शिल्पाले भने इन्स्टाग्राममा प्रेरणादायिक कुरा पोस्ट गरेकी छन्। शिल्पा लेख्छिन्, “त्यस्तो पलहरू पनि हुन्छन्, जसले तपाईंलाई भुईँमा पर्छाछ । यस्तो समयमा, यदि तपाईं ७ पटक पछारिनुहुन्छ भने तपाईं ८ पटकसम्म पनि फेरि उठ्ने सामर्थ राख्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु। तपाईंको यस्तो गाह्रो परिस्थिथिमा तपाईं फेरि उठ्ने धेरै शक्ति, अनि साहस चाहिन्छ,”
उनी अगाडि लेख्छिन्, “जीवन नामक यात्राका यी अप्ठ्यारा परिस्थितिहरूले तपाईंलाई अझै बलियो बनाउँछ । हरेकपटक तपाईं पुनः उठ्दा तपाईं नयाँ जोश, संकल्पका साथ असम्भवलाई सम्भव बनाउनेगरी आउनुहुन्छ।”
सामाजिक सञ्जालमा करिब एक महिनाको ब्रेकपछि उनी फर्किएकी हुन्। यतिमात्रै नभई उनी काममा पनि फर्किसकेकी छिन्।






