काठमाडौं : चर्चित अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ। उनले श्रीमान् आयुष्मान देसराजसँगै बसेर छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै यसबारे जानकारी गराएकी हुन्।
छोरीलाई संसारमा स्वागत गर्दै प्रियंका लेख्छिन्, “हाम्री प्यारी परी। यो संसार अनि हाम्रो (आयुष्मान र प्रियंका) जीवनमा स्वागत छ तिमीलाई ।”
प्रियंकाले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । छोरीको थरमा आफ्नो र श्रीमान् आयुष्मान देसराज जोशी दुवैको थर राख्दै आयंका कार्की जोशी लेखेकी छन्।






