मुम्बई : स्व. अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध मामिलामा जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेता अर्जुन रामपाललाई बयानका लागि पुन: दोस्रोपटक पत्र पठाएको छ।
एनसबीले अर्जुनलाई पत्र पठाउँदै बुधबार (१६ डिसेम्बर) सोधपुछका लागि बोलाएको छ। यसअघि १३ नोभेम्बरमा एनसीबीले अर्जुनसँग लामो समयसम्म सोधपुछ गरेको थियो।
८ नोभेम्बरमा एनसीबीको टिमले अर्जुनको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको इलेक्ट्रोनिक ग्याजेट्स आफ्नो कब्जामा राखेको थियो।






