आज पौष महिनाको पहिलो दिन अर्थात धनु संक्रान्ती हिन्दु धर्मावलम्बीले हरुले विशेष महिनाको रुपमा लिने गर्दछ्न।
एक बर्षमा रहेका १२ वटा संक्रान्तीहरु मध्धे सबै भन्दा छोटो दिन रहने यस पौष महिनामा शुभकार्य गर्नका लागि बर्जित गरिएको छ।
यस महिनालाइ धनुर्माष महिनाले पनि चिनिने गरिन्छ। यस महिनामा हिन्दु धर्मावलम्बीले विष्णु भगवानको बिशेष पूजा गर्ने गर्दछ्न।
आज देखि हरेक दिन कालो दाल चामल घिउ अदुवा आदि मिसाएर खिचडी बनाएर भगवानलाइ अर्पण गर्दै प्रसादको रुपमा खाने गरिन्छ।
खिचडीको शास्त्रीय मात्र नभएर समाजिक महत्व पनि उत्तिकै रहने गरेको छ। पौष महिना भरी दिनहुुँ बिहान खिचडी खाएमा जाडोबाट छुटकारा पाउने साथै शारीरिक रुपमा तन्दुरुस्त हुने बिश्वास गरिन्छ।
हिन्दु धर्म अनुसार यस महिनामा दान गर्दा हजारौं गुणा फल मिल्ने बिश्वास गरिन्छ।
निर्णय सिन्धुका अनुसार “धनुःप्रवेशे वस्त्राणाम यानानां च महाफलं” अर्थात धनु संक्रांतिमा वस्त्र तथा सवारी दान दिनुको विशेष महत्व रहने यसो गर्नाले महाफल प्राप्त हुने बिश्वास गरिन्छ।
शिवपुराणका अनुसार धनु संक्रान्ती देखि पौषमहिना भरीमा शिवको पूजा गर्नाले समस्त सिद्धि प्राप्तहुने बिश्वास गरिन्छ।
यसैगरी स्कन्दपुराणको नागरखंडका अनुसार “स्त्रानदानजपश्राद्धहोमादिषु महाफला” अर्थात संक्रान्तीको दिन स्नान, दान, तप, श्राद्ध, होम आदिबाट महाफल मिल्ने भनेर बर्णन गरीएको छ।






