काठमाडौं : सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सबै च्यानल पुनः सुरु भएका छन्।
विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित (क्लिन फिड) प्रशारणमा आएका छन्।






