Home / Nepal / News / चितवनमा चित्तल मारेर खाँदै गरेका सातजना पक्राउ

चितवनमा चित्तल मारेर खाँदै गरेका सातजना पक्राउ

चितवन : चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८ वर्षीया सुकमाया दरै र ५० वर्षीया शान्ति दरै रहेका छन्। 

उनीहरुलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *