Home / Nepal / कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजारको मृत्यु

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ९ जनाको ज्यान गएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा दुई हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । 

सोही अवधीमा फ्रान्समा ९८७, स्पेनमा ६३४, इटलीमा ५७० जनाको ज्यान गएको छ । बेलायतमा २४ घण्टाको अवधीमा ९८०, बेल्जियममा ४९६ ले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाउनु परेको छ । 
कोरोनाका कारण शनिबार बिहानसम्म विश्वभरमा एक लाख २ हजार ६९३ जनाको ज्यान गएको छ । 

१२ लाख १८ हजार ९२५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमा ४९ हजार ८३१ को अवस्था गम्भीर रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *