Home / Nepal / कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । कोरोनाका कारण शनिबार बिहानसम्म विश्वभरमा एक लाख २ हजार ६९३ जनाको ज्यान गएको छ । 

१२ लाख १८ हजार ९२५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमा ४९ हजार ८३१ को अवस्था गम्भीर रहेको छ । 

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १८ हजार ८४९ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा १८ हजार ७२५, स्पेनमा १६ हजार ८१ को कोरोनाका कारण ज्यान गइसकेको छ । 

नेपालमा भने अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना स्वस्थ्य भइसकेका छन् ।

८ जनाको सामान्य अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *