काठमाडौं : गायक हिमाल सागरको नयाँ गीत ‘एकादेशको कथा’ सार्वजनिक गरिएको छ।
गीतमा गायक हिमाल सागरकै संगीत छ भने श्याम पराजुलीको शब्द रचना छ। संजय हमालले गीतलाई संगीत संयोजन गरेका छन्।
अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन गरिएको हो । प्रवीन मानन्धरले सम्पादन गरेको भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् ।
पूर्ण लम्साल र लक्ष्मी ओली गीतको भिडियोमा फिचर्ड छन् ।






