Home / Nepal / News / मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं : काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन्।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न क्षेत्रबाट चोरी भएका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो।

कीर्तिपुर नगरपालिका वडा ६ बस्ने प्रजोल महर्जनले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाइकलसहित चारीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *