अभिनयको क्षेत्रबाट राजनीतिमा आएकी बलिवुड नायिका उर्मिला मातोंडकरले बुधवार आफ्नो इन्स्टाग्राम खाता ह्याक भएको कुरा बताएकी छिन।
मातोंडकरले ट्विटर मार्फत फोटो साझेदारी गर्ने एप इन्स्टाग्राम ह्याक भएको र यसको जानकारी महाराष्ट्र पुलिसको साइबर सेललाई गरेको अर्को सामाजिक संजाल टुइटर मार्फत बुधबार जानकारी गराएकी छिन्।
उनले ट्वीट गर्दै भनेकी छिन “मेरो इन्स्टाग्राम खाता ह्याक गरिएको छ सबै भन्दा पहिला म्यासेज मार्फत आफ्नो इन्स्टाग्राम प्रमाणीकरण बारे कुरा गरेको र पछि ह्याक गरेको जानकारी गराएकि हुन।






