एजेन्सी: इटालीको सिरी ‘ए’ अन्तरगत बुधबार भएको खेलमा युभेन्टसलाइ एटलान्टाले बराबरीमा रोकेको छ।
सुरुवाती अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा एटलान्टाको प्रहार रोक्न नसक्दा बराबरी चित्त बुझाउन बाध्य भएको हो।
क्रिस्चियानो रोनाल्डो ६१औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा रोनाल्डोका समर्थकहरु निरास भएका थिए।
यससँगै युभेन्टस खेलमा विजयी नतिजा निकाल्न असफल रह्यो। युभेन्टस भने २४ अंकसाथ दोस्रो स्थानमा छ।
अंक–तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलान र जेनोआले पनि २–२ को बराबरी खेल खेल्दै अंक बाडेका छन।






