Home / Nepal / News / कमेडी च्याम्पियन सिजन–२ को फिजिकल अडिसन सुरु

कमेडी च्याम्पियन सिजन–२ को फिजिकल अडिसन सुरु

काठमाडौं : नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ को फिजिकल अडिसन सुरु भएको छ। बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो।

निर्देशक विशाल भण्डारीका अनुसार यही दरमा दैनिक फिजिकल अडिसन लिइने छ। डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन्। पहिलो दिन बुधबार ४५ जनाले अडिसन दिएका छन्।  

१८० बाट २४ जना छनोट हुने र फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुनेछ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने निर्देशक भण्डारीले जानकारी दिए।

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासबीच कार्यक्रम सुरु गरेका छौं। यो वर्ष गतवर्षको तुलनामा  दोब्बरभन्दा धेरै सहभागिता छ,” निर्देशक भण्डारी भन्छन् “प्राप्त भिडियो मध्ये करिब ४० प्रतिशत कन्टेन्ट हसाउँने आएको छ।

दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन्। सो रीमा विश्वकर्माले होस्ट गर्दैछिन्।  

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *