Home / Nepal / News / पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जना कोभिड संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जना कोभिड संक्रमित

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जना कोभिड संक्रमित थपिएका छन्।

१४ हजार ४४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४पुगेको छ ।

त्यस्तै आज १ हजार ५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *