काठमाडौं : `भ्यालेन्डाइन डे’को अवसर पारेर गायक सनुप पौडेलको ‘अरु सबै…’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। अनुप पाहारीको शब्द रचना तथा संगीत रहेको यस गीतमा स्वर सनुप आफैले भरेका छन्। सनुपलाई लेडिज भोकलमा शैलस्वरी सिंहले साथ दिएकी छिन्।
डोरेमी स्टुडियोमा रेकर्ड भएको गीत नवरस म्युजिकको प्रस्तुतिमा स्रोता तथा दर्शकमाझ आएको हो। संगीत संयोजन संयोग रेग्मीले गरेका छन्। भिडियोमा अशिम रानाभाट र रविन जंग थापाको अभिनय छ।
भिडियो डिजाइन तथा निर्देशन गणेशदेव पाण्डेले गरेका छन्। महेश पौडेलले छायांकन गरेको भिडियो सम्पादन कृष्ण भण्डारीले गरेका छन्।
सार्वजनिक गरिएको गीतमा मायालु जोडीको संबन्धको कथा भनिएको छ। यो गीत प्रेम जोडीको अन्तरसंबन्धको मिठो कथा हो। सनुप भन्छन्, “पछिल्लो समय शब्द र भिजुअल दुबैमा कतै न कतै व्यसायिकताका नाममा हामीले बिझाउने शब्द र दृश्य प्रयोग गर्दै शालीन शैली र विम्वात्मक प्रयोगलाई विर्सिँदै गएका छौं । तर, यो गीतमा हामीले काब्यीक तरिकाले शब्द र भिडियो बनाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका छौं।”
अडियो र भिडियो दुवै ‘वल्र्ड क्लास’को रहेको उनी बताउँछन्।






